साउदी अरबका पत्रकार जमाल खशोग्गीको इस्तानबुलमा भएको हत्यामा साउदीबाट आएका दुई टोलीको संलग्नता रहेको टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले बताएका छन् ।
संसदमा मंगलवार सम्बोधन गर्दै अर्दोआनले यो हत्या योजनाबद्ध रूपमा गरिएको प्रमाण टर्कीका सुरक्षा सेवाहरूसँग रहेको बताए । ‘टर्की र बाँकी विश्व सबै योजनाकार र हत्याराहरूलाई न्यायको कठघरामा उभ्याएपछि मात्र सन्तुष्ट
हुनेछन् । अन्य देशले पनि अनुसन्धानमा भाग लिनुपर्छ,’ उनले भने ।
अर्दोआनले थपे, ‘म राजा सलमानको इमान्दारीमा शंका गर्दिनँ । तर यस घटनामा स्वतन्त्र अनुसन्धान हुनुपर्छ । यो राजनीतिक हत्या हो ।’
उनले भने, ‘पन्ध्रजना व्यक्तिको टोली टर्कीमा किन आएको हो ? कसको आदेशमा उनीहरू आए ? घटनापछि वाणिज्य दूतावासमा अनुसन्धान अधिकारीहरूलाई तत्कालै किन पस्न दिइएन ? साउदीहरूले फरक फरक किसिमका
बयान किन दिए ? खशोग्गीको लाश लुकाउने स्थानीय सहयोगी को हो ? साउदीले यी सबै प्रश्नको उत्तर दिनुपर्छ ।’
अर्दोआनको सम्बोधनले साउदी युवराज मोहम्मद बिन सलमान यस घटनामा निर्दोष नरहेको दह्रो संकेत दिएको द गार्डियन पत्रिकाका मध्यपूर्व संवाददाता बेथन मक्केर्नन लेख्छन् । अर्दोआन टर्कीले पनि फौजदारी अनुसन्धान गरोस् भन्ने चाहन्छन् ।
खशोग्गी भयानक हत्याको पीडित भएको प्रमाण भेटिएको र यो अत्याचारलाई ढाकछोप गर्नु नहुने अर्दोआनको भनाइ छ । उनको हत्या अन्तर्राष्ट्रिय मुद्दा भएकाले टर्कीले यसमा अनुसन्धान अघि बढाउने पनि अर्दोआनले बताए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित