वैज्ञानिक स्टिफन हकिङको ह्विलचियर र थेसिस लिलाम हुँदै

संसारकै महान् वैज्ञानिक स्टिफन हकिङलाई सबैले ह्विलचियरमा देखे । त्यही ह्विलचियरको अब लिलामी हुने भएको छ । 

ह्विलचियरसँगै उनको शोधपत्र तथा त्यससँग सम्बन्धित महत्वपूर्ण वस्तुको समेत लिलामी हुने बताइएको छ । लिलामीघर ‘क्रिस्टी’ले सोमबार हकिङको २२ चिजको अनलाइन बिक्रीको घोषणा गरेको थियो । यसमा ब्रह्मान्डको उत्पत्तिबारे उनले गरेको थेसिस, उनले पाएका केही पुरस्कार र वैज्ञानिक शोधपत्र समावेश गरिनेछ । शोधपत्रहरुमा ‘स्पेक्ट्रम अफ वार्महोल्स’ तथा ‘ब्रेकडाउन अफ फिजिक्स इन ग्राभिटेसनल कोल्याप्स’ सामेल रहेका छन् । लिलामीको समयमा उनलाई लोकप्रिय भौतिकशास्त्रीका रुपमा हेरिने भएको छ । 

क्रिस्टीका पुस्तक तथा पान्डुलिपि विभाग प्रमुख थोमस वेनिङ भन्छन्, ‘यी शोधपत्रले हकिङको सोचको विकासक्रम, उनको बुद्धिमत्तालाई दर्शाउनेछ ।’ हकिङ एकजना कस्मोलोजिस्ट तथा स्पेस ट्राभलरका रुपमा विश्वमा प्रसिद्ध रहे । र, अन्तरीक्षमा रहेको ब्ल्याकहोलका बारेमा उनको अनुसन्धानले हमेसा प्राथमकिता पायो ।  

को हुन् हकिङ ?

२२ वर्षको उमेरमा उनलाई ‘मोटर न्युरोन’ रोग लागेको पत्ता लागेपछि २ वर्षमात्र बाँच्ने चिकित्सकले बताएका थिए ।  त्यसपछि उनले वर्षौंसम्म ह्विलचियरमा बसेर भौतिकशास्त्रका क्षेत्रमा आफ्नो शोधमा तल्लीन रहे । युनिभर्सिटी आफ क्याम्ब्रिजमा म्याथमेटिक्सका प्रोफेसरका रुपमा उनले प्राध्यापन गरे । उनको प्रसिद्ध पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्टसेलर बन्यो । यो पुस्तक बीसौं शताब्दीको एउटा ‘आइकन’ नै बन्न सफल भयो । सन् १९४२ मा जन्मेका उनको गत मार्चमा ७६ वर्षको उमेरमा निधन भयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित