परमाणु हतियार बनाउने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

 बीबीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनमाथि दबाव दिन अमेरिकाले परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन्।पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रुसले १९८७ को इन्टरमिडिएट रेन्ज न्यूक्लियर फर्सेज (आईएनएफ) सन्धिको उल्लघंन गरेको आरोप लगाए। ट्रम्पले यसअघि उक्त सन्धिबाट अगल हुने बताएका थिए। तर रुसले भने ट्रम्पको आरोपको खण्डन गर्दै आएको छ।

 

_103967317_68587652-aa74-49f9-abfc-3bf0e538e1f4

शीत युद्धका बेलाको यो सन्धिले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाउँछ। यो सन्धिलाई युरोपका देशमाथि सोभियत संघको खतरा कम गर्न लागू गरिएको थियो।  उता रुसले पनि यदि अमेरिकाले परमाणु हतियार बनाएको खण्डमा आफूले पनि त्यसको जवाफ स्वरुप परमाणु हतियारब बनाउने धम्की दिएको छ।

चेतावनीको भाषामा ट्रम्पले भनेका छन, ‘मानिसहरुलाई होश नआएसम्म अमेरिकाले परमाणु हतियार बनाउँछ।’ शीय युद्धको अन्तिम समयमा अमेरिकी राष्ट्रपति रोनल्ड रेगन र अन्तिम सोभियत नेता मिखाइल गोर्बाचोफले आईएनएफ सन्धिमा हस्ताक्षरगरेका थिए।

यो सन्धिमार्फत जमिनबाट मार हान्ने ५०० देखि ५,५०० किलोमिटरको रेन्ज भएको मध्यम दूरीको मिसाइलको निर्माण गर्न प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्धमा परमाणु र पारम्परिक दुवै प्रकारका मिसाइल शामेल छन्। आइतबार यो सन्धिमा हस्ताक्षर गर्ने मिखाइल गोर्भाचोफले भनेका थिए–अमेरिका यो सन्धिबाट पछि हट्नु भनेको परमाणु हतियारलाई समाप्त पार्ने कोशिशबाट पछि हट्नु हो।’

अमेरिकाले रुसले मध्यम दूरीको नोभाटोर ९ एम ७२९ मिसाइल बनाएर यो सम्झौतालाई उल्लघंन गरेको आरोप लगाउँदै आएको छ। रुस निकै सकम समयमा यो मिसाइलबाट नेटो देशमा आक्रमण गर्न सक्षम भएको छ। तर रुसले भने आफूले मिसाइल बनाएर कुनै पनि सन्धि उल्लघंन गरेको मान्न तयार छैन। 

जर्मनीको विदेशमन्त्रीले ट्रम्पले उक्त सन्धिबाट पछि हट्ने भन्दै दिएको अभिव्यक्ति खेदजनक भएको बताएका छन्। उनले यो सम्झौतालाई युरोपकालागि महत्वपूर्ण भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित