केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ। धर्ती फाट्ने सो क्रम विस्तार हुँदै जाँदा राजधानी नैरोबी–नारोक राजमार्ग फाटेको छ। स्थिति भयावह हुनुको अर्को कारण के पनि छ भने सो क्षेत्रको सतहमुनि भूकम्प सक्रिय देखिएको छ।
केन्याको घटनापछि वैज्ञानिकदेखि सार्वसाधारणसम्म अफ्रिकी महादेशको भूखण्ड टुक्रिँदै छ भन्ने बहस भइरहेको छ। भूगर्वविद्का लागि अध्ययनको विल्कुलै नयाँ क्षेत्र थपिएको छ। हुन त पृथ्वी निरन्तर परिवर्तन भइरहने ग्रह हो। भूसतहमा भइरहने यी परिवर्तनबारे सामान्य मानिसले सरसर्ती हेर्दा खासै थाहा पाउँदैनन्।
पृथ्वीको थलमण्डल (पृथ्वीका तीन तहमध्ये सबैभन्दा माथिल्लो भाग) धेरै वटा टेक्टोनिक प्लेटमा विभाजित छ। ती प्लेटहरू स्थिर छैनन्। गतिशीलताका कारण स्थान सरिरहन्छन्। प्लेटहरुको त्यो गति भने फरक हुन्छ। काेही एक अर्कोसँग पौँठेजोरी खेलिरहेका हुन्छन् भने काेही एक अर्कोबाट छुट्टिँदै गएका हुन्छन्। जोडिने र छुट्टिने यो कार्य समान गतिमा भने हुँदैन। यो गतिविधि कुन प्रक्रियाबाट हुन्छ र कस्तो विषयले काम गर्छ भन्ने विषयमा वैज्ञानिकहरु एकमत छैनन्। सबै वैज्ञानिकले स्वीकारेको एउटा तथ्य के हो भने पुरानो टेक्टोनिक प्लेटभित्रै चिरा परेर नयाँ बन्ने गर्दछ।
अहिले पूर्वी अफ्रिकी देशमा देखिएको गतिविधि त्यही हो।
भिडियाे हेर्नुहाेस्:
(एजेन्सी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित