अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् ।
तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले ३२ जना अरु घाइते भएको जानकारी दिए । रुस्ताक जिल्लामा आयोजित चुनावी र्यालीलाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्काइएको पनि असरले बताए ।
उक्त र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीक अघि विस्फोट गराइएको थियो ।
तखारको यस आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन, तर तालिबान लडाकू यस प्रान्तमा सक्रिय रहेका छन् । विगतमा भएका यस्तै आक्रमणको उनीहरुले नै जिम्मेवारी लिँदै आएका छन् ।
अक्टोबर २० मा हुने संसदीय चुनावलाई लक्षित गरी देशैभर आक्रमणका सिलसिला जारी छन् । गत साता पनि हेल्मन्ड प्रान्तमा एक जना उम्मेदवारको हत्या गरिएको थियो । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित