जन्मदिनमा बोलाएर १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार

rape-balatkar_53XoFcul6W

असोज २६,मोरङ – पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । 

जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रहरीको  प्रारम्भिक अनुसन्धानमा देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।

‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको भनेर संरक्षकले जाहेरी दिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण