जन्मदिनमा बोलाएर १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार

rape-balatkar_53XoFcul6W

असोज २६,मोरङ – पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । 

जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रहरीको  प्रारम्भिक अनुसन्धानमा देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।

‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको भनेर संरक्षकले जाहेरी दिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय