October 10, 2018

बस दुर्घटनामा ४२ को मृत्यु

नैरोबी, २४ असोज । केन्याको पश्चिमी क्षेत्रमा आज बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए ।

प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो । बसमा ५२ जना यात्रु रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।उक्त बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा बर्सेनि करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो । रासस एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि