नेकपाभित्र व्यापक असन्तुष्टि

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासप्रति नेकपाकै दोस्रो तहका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । गौतमलाई सांसद बनाउने प्रयासबारेमा खुला रुपमा बोल्न तयार नभए पनि पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालका साथै माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

 

ओलीनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उहाँ किन सांसद बन्न मरिहत्ते गरिरहनुभएको छ, बुझ्न सकिएको छैन ।’ जनतासँग विभिन्न प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अरु कसैको स्वार्थका लागि जनतालाई धोका दिनु पनि गलत भएको उनले बताए । ‘उहाँले जनतासँग केकस्ता प्रतिबद्धता जनाउनु भएको थियो, प्रतिबद्धता पूरा नगरी किन छोड्दै हुनुहुन्छ’, उनले भने । यस्तो प्रवृत्तिले जनताप्रति पार्टीको विश्वास गुम्ने उनको तर्क छ। आजको नगारिक दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय