October 6, 2018

‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

यौनकर्मीले पेसाको क्रममा बच्चा जन्माएमा, एकभन्दा बढीसँग यौनसम्पर्कमा रहेर बच्चा जन्मिएमा, सन्तान गर्भमै छँदा वा पछि बाबुले छाडेर गएमा, नाम थर थाहा भएको, तर ठाउँ ठेगाना थाहा नभएको र हालसम्म जीवित रहेको वा मृत्यु भएको थाहा नभएमा आमाले पतिको पहिचान गर्न नसक्ने र सन्तानले नागरिकता नपाउन सक्ने नागरिकता प्रभावित व्यक्तिहरूको तर्क छ ।

 त्यस्तो अवस्थामा बाबुको पहिचान हुन नसक्ने भएकाले स्वघोषणा गर्नुपर्ने, स्पष्टीकरण दिनुपर्ने व्यवस्थाले व्यक्तिको गोपनीयताको हक हनन हुने अधिकारकर्मीहरूको धारणा छ । नागरिकता प्रभावित व्यक्तिहरूको सञ्जालकी अध्यक्ष दीप्ति गुरुङले आमाको नामबाट नागरिकता लिन चाहनेलाई प्रशासनका कर्मचारीले सौतेनी व्यवहार देखाउने गरेको बताइन् ।

‘वंशजका आधारमा वा अरू साधारण अवस्थामा नागरिकता लिनेहरूभन्दा आमाको नामबाट नागरिकता लिनेहरूलाई अर्कै दृष्टिले हेर्ने र फरक व्यवहार गर्ने प्रवृत्ति छ । आमाले बाबुको पहिचान नभएको भनी स्पष्टीकरणसहित स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउनुपर्छ,’ उनले भनिन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय