October 5, 2018

तल्लो तहमा नेकपाको एकीकरण : दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य

nekapa_YBekDSVedM

असोज १९, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् । 

एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको समाचार आजको गोरखापत्रमा छापिएको छ ।

गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिए । पाण्डेले जिल्ला संयन्त्रमा तत्कालिन एमालेका तर्फबाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच जना गरी १० जनाको संयन्त्र रहने व्यवस्था गरिएको बताए । 

महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकमा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्ने निर्णय पनि समितिले गरेको छ । पार्टीको विधान, नियमावली र पार्टीको निर्देशनबमोजिम तल्ला समितिको एकीकरण हुने उनले बताए । 

त्यस्तै, प्रदेश १ र २ मा पनि जिल्ला समितिको एकीकरण दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य भैरहेको छ । प्रदेश १ का इन्चार्ज भीम आचार्यले दशैंअघि तल्ला समितिको एकीकरण टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय