असोज १६, भक्तपुर । पतञ्जली योग समिति अवैध रुपमा सञ्चालित भई नेपालको राष्ट्रियतामा आँच आउने काम गरेको भन्दै पतञ्जलीबाट फुटेरपातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत रुपमा दर्ता गरि पतञ्जली योग समिति त्यागेर पातञ्जल योग समितिको केन्द्रिय तथा जिल्ला समिति गठन गरिएको बताए ।
पतञ्जली योग समिति नेपालमा दर्ता नभएको संस्थाले नेपालको राष्ट्रियता, अखण्डतामा आँच पुग्ने गरि काम गरेपछि त्यसलाई रोक्न बाध्य भएर नयाँ संस्था दर्ता गरेको उनको भनाई रहेको छ ।
‘नेपालका झण्डा, ब्यानर र लोगो प्रयोग गर्न माग गर्दै विधि सम्वत् सञ्चालन गर्न माग गर्दा नमानेपछि बाध्य भएर छुटिएर पातञ्जल योग समिति गठन गरेका हौं,’ अध्यक्ष सुवेदीले भने ।
पतञ्जलीले सयौं व्यक्तिलाई प्रतिव्यक्ति रु. १ लाख भारुमा आजिवन सदस्य बनाएर करोडौं रुपैयाँ नेपाली रकम भारत लगेको र नेपालमा हरेक वर्ष संकलन हुने करोडौं रुपैयाँ अनियमितता हुने गरेको उनको आरोप छ ।
‘नेपाली राष्ट्रियताको पक्षमा उभिँदै, नेपाली झण्डा, नेपाली ब्यानर र नेपाली लोगोको प्रयोग गरि विधिवत रुपमा दर्ता गरेर केन्द्रिय तथा जिल्ला समितिहरु गठन गरेका छौं,’ यसलाई ७७ जिल्ला मै विस्तार गर्ने उनको भनाई रहेको छ ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,