भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए ।

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ ।
हिरासतमा यातना दिइएकाले उनी मानसिक रुपमा झन् कमजोर भएको परिवारले जनाएका छन् ।
२५ दिन हिरासतमा राखिएका विष्ट डिएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिए।
दाजु खडकका अनुसार अहिले उनी नयाँ मान्छे देख्नेबित्तिकै डराउँछन्। सुतिरहेका बेला पनि ‘कुटिहाल्यो, मारिहाल्यो, बचाऊ९बचाऊ’ भन्दै चिच्याउँछन्। ‘पहिलेदेखि नै अस्वस्थ थियो, अहिले झन् बिग्रिएको छ,’ उनले भने, ‘घरकै मान्छे देख्दा पनि डराउँछ, भाग्छ।’
प्रहरीले पक्राउ गर्नुअघिसम्म दिलीप एक्लै महेन्द्रनगर बजार आउजाउ गर्थे। अहिले घरबाट बाहिरै निस्किँदैनन्। स्वभाव एकोहोरो भएको छ। नुहाउन थाले दिनभरि नुहाइराख्छन्। दाँत माझ्न थाले लामो समय त्यही गरिराख्छन्।, यो खबर आजकोकान्तिपुरदैनिकमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय