सिंहदरबारका पाँच हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र

paricchayapatra_n66BuI4QZT

 असोज १४, हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा सूचना अधिकारी शिवराज जोशीले सिंहदरबारभित्रका कर्मचारीहरुलाई कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्रको वितरण गरिने जानकारी दिए।

स्थापनाको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले कात्तिकदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको छ ।

मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो सिंहदरबारभित्रका पाँच हजार कर्मचारीको व्यक्तिगत विवरण लिने काम सम्पन्न भई अहिले वायोमेट्रिक (दशवटा औँलाको छाप र तस्विर लिने काम) विवरण लिने कार्य भइरहेको जानकारी जानकारी दए।

असोज १० गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को दशवटा औँलाको छाप र तस्विर लिएर सिंहदरबारका कर्मचारहरुको वायोमेट्रिक विवरण लिने कार्यको शुभारम्भ गरिएको थियो।, यो खबर आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय