के भएको हो प्रचण्डपत्नीलाई ? प्रचण्डको राजनीतिक सक्रियता खुम्चिँदो

असोज १४,

 

पत्नी सीताको उपचारका लागि सिंगापुर उड्नुअघि विमानस्थलमा प्रचण्ड, ४ असार

पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक वर्षदेखि पारिवारिक तनावमा  छन् । 

पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ । 

उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । 

आठ महिनादेखि थलिएकी छिन्, सीता । 

१० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् । 

र, पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमते देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्यो । 

३० भदौमा चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो । 

पारिवारिक स्रोत भन्छ पत्नीको विरामी अवस्थाले अध्यक्ष प्रचण्डले पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भईरहेको छ । आजको नेपालसाप्ताहिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण