कांग्रेसमा उमेरहदको कुराः पदाधिकारीका लागि ७० वर्षको मापदण्ड

नेविसंघको महाधिवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ ।
congress_yxIbvaWMMj
सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाब लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाब दिएका छन् ।

विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाब दिइएका छन् ।

‘पार्टीमा युवाहरूलाई आकर्षित गर्न कार्यकारी पदमा उम्मेदवारी दिन ७० वर्षसम्मको उमेरहद राख्नुपर्छ भन्ने सुझाब आएका छन्,’ ढुंगानाले भने, ‘७० वर्ष नाघेकाहरूले संरक्षक र सहयोगी बनेर अरूलाई अवसर दिनुपर्छ भन्ने मत आएका छन् ।’

कांग्रेसमा अहिलेसम्म महाविधेशन हुने वर्ष मात्र कमिटीहरूको निर्वाचन हुँदै आएको छ । तर, विधान संशोधन गरी गाउँ–नगरको अधिवेशन पहिलो दुई वर्ष र प्रदेशसम्मको तीनदेखि चार वर्षभित्र गरेपछि महाधिवेशन गरी पार्टीलाई पाँच वर्षसम्म सक्रिय बनाइराख्नुपर्ने सुुझाब पनि आएको नेताहरूले जानकारी दिए ।,यो खबर आजको नयाँ पत्रिकामा छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण