September 29, 2018

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ।

बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो।

मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ।

यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका १०६ प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ। यसैगरी यो सरुवासँगै स्थानीय तहमा करिब ३१ हजार कर्मचारी पुगेका छन्।

ओएनएम सर्भे रिपोर्टका अनुसार ७५३ स्गानीइ तहमा करिब ५७ हजार कर्मचारी चाहिन्छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण