September 29, 2018

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ।

बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो।

मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ।

यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका १०६ प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ। यसैगरी यो सरुवासँगै स्थानीय तहमा करिब ३१ हजार कर्मचारी पुगेका छन्।

ओएनएम सर्भे रिपोर्टका अनुसार ७५३ स्गानीइ तहमा करिब ५७ हजार कर्मचारी चाहिन्छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय