दैनिक पाँच शव आउँछन् विदेशबाट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे। चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट।

dath_BAY4cPpOFa

वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले। मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिए।

आठ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि पत्नी डोल्मामाया आफैँ चार वर्षअघि त्यहाँ गएकी थिइन्।  सर्लाही हिरापुर–९ का आइसिंह अवैध कामदारका रूपमा बसेका थिए।

डोल्मा वैध रूपमा बसेकी थिइन्। केहीअघि नेपाल फर्किएकी उनी पुनः एक महिनाअघि मलेसिया पुगेकी थिइन्। गोले दम्पतीका १७ र १५ वर्षका छोरी र १० वर्षका छोरा छन् छन्। शव सर्लाही लगेर अन्त्येष्टि गरेपछि डोल्मा फेरि मलेसिया जाने योजानामा छिन्।

 ‘कम्पनीले २५ दिनको विदा दिएको छ’, उनले भनिन्, ‘श्रीमानको काम सकेपछि फर्किन्छु। बच्चाहरूको जिम्मेवारी मेरो काँधमा छ।  

नाम्काकोट–५ नवलपरासीका ३० वर्षीय दुर्गासि‌ंह रानाको शव पनि बिहीबार आइतसिंहको शव आएको थाइ एअरवेजको त्यही उडानबाट आइपुगेको थियो।, यो खबर आजको कान्तिपुरदैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण