जहाँ एसिडपीडित, त्यहाँ सीमा: भन्छिन् – आफूले नपाएको साथ अरू दिदीबहिनीलाई दिन चाहन्छु

sima_asid_ghatna_GypNhFnl0f

असोज १३, एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ। र, त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् ।

सीमा भन्छिन्, ‘एसिडको जलन विस्तारै घटे पनि त्यसको दागले जीवनभरि पोलिरहन्छ ।’ जतिपटक आफ्नो अनुहार ऐनामा हेर्छिन्, एसिडको रापले उस्तै पोल्ने गरेको अनुभव गर्छिन् उनी। सीमा भन्छिन्, ‘मानसिक, शारीरिक र आर्थिक रूपमा एसिड पीडितलाई सधैं हौसलाको खाँचो पर्छ। आफूले नपाएको साथ म अरू दिदीबहिनीलाई दिन चाहन्छु ।’

करिब २० दिनअघि रौतहटमा एसिड आक्रमणमा परेका दिदीबहिनी सम्झना र सुस्मिता दासलाई उपचार खर्च जुटाउन सीमा हरेक दिन सक्रिय रूपमा लागेकी थिइन्। उपचार गर्दागर्दै सम्झनाको मृत्यु भयो। सुस्मिता भने कीर्तिपुर अस्पतालमै उपचार गराइरहेकी छन्। हरेक दिन अस्पताल जाने बिरामीको सहयोगमा जुट्ने, परिवारलाई सहयोग गर्ने काममा उनी तल्लीन छिन् ।

सम्झनाको मृत शरीरसँगै उनी जब रौतहट पुगिन्। बाग्मती किनारमा सम्झनाको परिवारसँगै लास जलाउन लाग्दा उनको मोबाइलमा एउटा कारुणिक म्यासेज आयो। डाटा खोलेर समाचार हेरिन्, नवलपरासी डण्डाकी २८ बर्से वसन्ती परियारलाई एसिड खन्याएर चक्कु प्रहार गरी अनुहार क्षतविक्षत पारिएको खबर थियो ।

उनी भन्छिन्, ‘त्यो खबरले एकछिन त केही बोल्नै सकिनँ, सोच्न थालेँ, कहिलेसम्म खुल्लमखुला चलिरहने हो यो एसिड आक्रमण रु कति जना कुरुप भएर बाँच्नुपर्ने हो रु यसविरुद्ध अब केही गर्नै पर्छ भन्ने अठोट लिएँ ।’,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय