रोनाल्डोविरुद्ध बलात्कारको आरोप, यस्तो छ युवतीको दावी

म्युनिख, १३ असोज । यसैवर्ष रियल मड्रिड छाडेर युभेन्ट्समा आवद्ध भएका पोर्चुगेली सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई गम्भीर आरोप लागेको छ । रोनाल्डोले आफूलाई बलात्कार गरेको भन्दै एक ३४ वर्षे महिलाले आरोप लगाएकी छिन् ।

कुरा अहिलेको होइन, घटना हो २००९ को । जर्मन सञ्चार संस्था डेर स्पिगेलसँग कुरा गर्दै क्याथरिन म्योग्रा नाम गरेकी ती युवतीले रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लागेको छ । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।

ती युवतीले रकमको प्रलोभन देखाएर बलात्कारको मुद्दा नहाल्न रोनाल्डोले बिन्ती गरेको पनि बताइन् । रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न अनुरोध गरेपछि आफूले सम्झौता गरेको म्योग्राले स्पष्ट पारिन् ।

रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको पनि १ प्रतिशतले जितेको बताउँदै माफी मागेको उनले स्मरण गरिन् । उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’

यद्यपि, यो घटनाबारे यसअघि नै एकपटक चर्चा भए पनि रोनाल्डोले आफ्नो बचाउ गरेका थिए । आपसी सहमतिमै सम्बन्ध भएको उनको तर्क थियो । पछिल्लो आरोपबारे भने रोनाल्डोका वकिल सेच्रज बग्रमानले यो आरोप अवैध भएको भन्दै उक्त सञ्चारमाध्यमविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि