प्रतिनिधिसभाका १४ मध्ये ६ समितिमा महिला सभापति, कुन समितिमा को सभापति ?

samsad_xiTKbppnSA

असोज ५, संघीय संसद्का १४ वटै विषयगत समितिले शुक्रबारदेखि सभापति पाउँदै छन् । प्रतिनिधिसभाका १० समिति सभापतिका लागि बिहीबार प्रत्येक समितिमा एकल उम्मेदवार परेपछि शुक्रबार सबै समितिमा निर्विरोध सभापति निर्वाचित हुने भएका हुन् ।

प्रतिनिधिसभाका १० मध्ये सार्वजनिक लेखा समिति मात्र विपक्षी दललाई दिइएको छ । त्यसबाहेक सत्तारूढ दल नेकपाले आठ र अर्को सत्तारूढ दल संघीय समाजवादी फोरमले एउटा समितिको नेतृत्व गर्दै छन् ।

संसद् नियमावलीअनुसार समिति नेतृत्वमा कम्तीमा एकतिहाइ महिला रहनुपर्ने व्यवस्था छ । तर, सत्तारूढ नेकपाले प्रतिनिधिसभाका १० विषयगत समितिमा महिला सांसदलाई विशेष प्राथमिकता दिएको छ । सभापतिका लागि उम्मेदवारी दिएका आठमध्ये ६ वटा समिति सभापतिमा नेकपाले महिला उम्मेदवार बनाएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

कुन समितिमा को सभापति ?
सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत शाहको उम्मेदवारी परेको छ । कांग्रेसकै राजेन्द्रकुमार केसीको प्रस्ताव तथा मीना सुब्बाको समर्थनमा शाहले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।

नेकपाकी बिन्दा पाण्डे प्रस्तावक तथा गोपालबहादुर बम समर्थक राखेर संघीय समाजवादी फोरमका विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीको उम्मेदवारी परेको छ । घर्तीको प्रस्तावक योगेश भट्टराई र अञ्जना बिशंखे समर्थक छन् ।

विकास तथा प्रविधि समितिमा गणेश पहाडीको प्रस्ताव र इन्दुकुमारी शर्माको समर्थनमा कल्याणी खड्काले सभापतिका लागि उम्मेदवारी दिएकी छन् । राज्यव्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ हुने भएकी छन् । कृष्णगोपाल श्रेष्ठ प्रस्तावक तथा रेखा शर्मा समर्थक रहेर श्रेष्ठको उम्मेदवारी परेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय