असोज ३, महोत्तरी – साविकको सुन्दरपुर र हाल सोनमा गाउँपालिका घर भएकी १४ बर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँच जनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ ।
सुन्दरपुरकी १४ बर्षीया किशोरी सबिताकुमारी राय यादवलाई २०७२ भदौ १२ गतेका दिन अपहरणपछि जबरजस्तीकरणी गरी हत्या गरेको अभियोग लागेका साबिकको सुन्दरपुरका रामजीवन राउत, गौरीशंकर राउत, दशरथ राउत, रामश्रेष्ठ महतो र नवीन महतोलाई महोत्तरी जिल्ला अदालतले अभियोगपत्रमा दाबी गरेअनुसार सबुत नभेटिएको भन्दै सफाइ दिएको हो ।
जिल्ला अदालत महोत्तरीले न्यायाधीश दण्डपाणि शर्माको इजलासले अभियोग दाबीअनुसार सबुत प्रमाणको अभावका कारण पाँचैजनालाई सफाइ दिएको समाचार आजको नागरिक दैनिकको पृष्ठ ५ मा छापिएको छ ।
अदालतबाट सफाइ पाएपछि घटना भएलगत्तै पक्राउ परी पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका अभियुक्तमध्येका रामजीवन पनि रिहा भएका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय