
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मलाको हत्यापछि प्रहरीले नै प्रमाण मेटाएको, मुख्य अभियुक्त जोगाउन नक्कली अभियुक्त खडा गरेको, घटनास्थललाई सामान्यीकरण गरेर हेरेको र पीडितका अभिभावकलाई अटेरी गरेकोलगायत आरोपपछि ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।
निर्मला बलात्कार–हत्या प्रकरणपछि प्रमाण लुकाउन प्रहरीले गरेका क्रियाकलापसँगै उनीहरूको संलग्नता पुस्ट्याइँका लागि विज्ञ टोली गठन गरिएको हो ।
विज्ञ टोलीमा बस्न्यातसँगै प्रहरी वरिष्ठ उपरीक्षक नीरज शाही, उत्तम सुवेदी, प्रहरी उपरीक्षक गणेश रेग्मी, प्रहरी नायब उपरीक्षक रमेश थापा, सन्तोष आचार्य, प्रहरी निरीक्षक दधिराम न्यौपाने, कौशल बुढाथोकी र दीपक कार्की छन् ।
यो टोलीमा फरकफरक क्षमताका प्रहरी कर्मचारी छन् । बस्नेत र थापा अपराध अनुसन्धानमा पोख्त छन् । शाही साइबर अपराध अनुसन्धानमा, न्यौपाने पोलिग्राफ परीक्षण र कौशल कल डिटेल विश्लेषणमा पोख्त मानिन्छन् । सुवेदी, आचार्य र कार्की देशभरका प्रहरी कर्मचारीविरुद्ध आउने उजुरी हेर्ने शाखामा छन् ।
रेग्मी अहिले कानुनका विज्ञ हुन् । उनले ‘च्यालेन्ज अफ द नेपाल पुलिस विथ स्पेसल फोकस अन मेन्टेनिङ रुल अफ ल इन्कन्टेम्पोररी सोसाइटी’ मा विद्यावारिधि गरेका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय