September 15, 2018

पाकिस्तानमा विस्फोटः तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते

भदौ ३०इस्लामाबाद । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन् । बलुचिस्तान प्रान्तको पिशीन जिल्लामा शुक्रबार भएको विस्फोटनमा परी अरू दुई जना घाइते भएको समाचारमा जनाइएको छ । 

एउटा सरकारी कार्यालय नजिकै सवारी साधानमा बम विस्फोटन गराइएको अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमणकारीहरूले रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराएको बताइएको छ । 

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घाइते सुरक्षाकर्मीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । प्रहरीले अहिले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको र दोषीको खोजी गरिरहेको जनाएको छ । 

घटनाप्रति प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै घटनाको विस्तृत विवरण आफूलाई दिन प्रदेश सरकारलाई निर्देशन दिएका छन् ।  

निर्वाचन मार्फत नयाँ सरकार बने पनि पाकिस्तानमा विस्फोटनलगायतका हिंसात्मक घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि