मोलमोलाइमा व्यवसायी, बैंक खाता खोलिँदै

kat-yatayat_gs6Me3LcKY

भदौ २९, काठमाडौं – दसैको मुखैमा यातायात व्यवसायीले अग्रिम बुकिङका लागि रोक्का राखिएका समितिका बैंक खाता खोल्नुपर्ने सर्त अघि सारेका छन् ।  

दसैंको अग्रिम टिकट बुकिङमा अड्को थाप्दै रोक्का खाता सञ्चालन हुनुपर्ने माग राखेपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्न सरकार तयार भएको समाचार आजको राजधानीको पहिलो पृष्ठमा छापिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवस्था विभागका महानिर्देशक लावण्डयप्रसाद ढकाललाई निर्देशन दिएपछि यातायातसँग सम्बद्ध समितिका बैंक खाता खुल्ने भएका हुन् ।  

लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै त्यस क्षेत्रका सबै समितिका बैंक खाता रोक्का गरेको सरकारले दसैलाई मध्यनजर गर्दै रोक्का भएको बैक खाता खोल्ने तयारी गरेको छ ।  

बैंक खाता खुला गर्न यातायात समितिहरु कम्पनीका नाममा दर्ता हुनपर्छ। ती समिति कम्पनीमा दर्ता भएपछि समितिका सम्पूर्ण चलअचल सम्पत्ति तथा बैक खाता कम्पनीका नाममा रुपान्तरण हुन्छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय