September 14, 2018

कीर्तिपुरमा किन उड्न छाड्यो बेलुन ?

भदौ २९, काठमाडौं – बिहानको ६ बज्दानबज्दै कीर्तिपुरबासी धेरैको आँखा आकाशतिर हुन्थे । बच्चाहरु त कौशीमा गएर बेलुन कहाँसम्म पुग्छ भनेर देखिन्जेल हेर्थे । 

दुई महिनासम्म कीर्तिपुरको आकाशमा उडेको बेलुन भने आजकाल नदेखिने गरेको समाचार आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

जल तथा मौसम विज्ञान विभागले मौसमको जानकारी लिन वेदर बेलुन अर्थात रेडियो सोन्ड उडान थालेको थियो । 

त्रिभुवन विश्वविद्यालय परिसरबाट असार ६ गतेबाट हरेक बिहान ५ ४५ मा बेलुन उडाउने गरिन्थ्यो । 

वायुमण्डलको मौसमी गतिविधि थहा पाउन उडाउने बेलुन अहिले प्राविधिक कारण देखाउँदै उडाउन सकेको छैन । 

तीन हप्तायता बेलुन उड्न छोडेपछि कीर्तिपुरवासीलाई समेत बेलुन नउडेकोमा कौतुहल छ । 

बेलुन उडउन हाइड्रोजन ग्यासको आवश्यकत हुन्छ । यस ग्यास उत्पादन गर्ने मेसिन हाइड्रोजन जेनेरेटरमा समस्या देखिएपछि बेलुन उडान बन्द गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय