
करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिराका साथै रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पु¥याएको छ ।
सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्की पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताए । करिब पचास मिटर पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको हो । यसैगरी उक्त गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तर्गतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।
कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका २ बारीबेनीदेखि बगरफाँटतर्फ जाने करीब दश मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताए । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
चमेरे, बैसरी, बेगखोला, भुरुङ तातोपानी, रुप्से र घाँसा खण्डमा पहिरो र कालीगण्डकीको कटानका कारण सडक अवरुद्ध हुँदा स्थानीयबासी तथा मुस्ताङ ओहोर–दोहोर गर्ने पर्यटक समस्यामा परेका छन् । मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन समस्या भएको छ ।
यसैगरी पहिरोले मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जोस्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएकोे छ भने थासाङ गाउँपालिका २ सौरुमा बाढी पस्दा दश घरमा क्षती पुगेको छ ।
मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरोपछि कालीगण्डकी नदीमा बुधबार अपराहन्न पाँच बजेदेखि नौ बजेसम्म बाढीको सतह बढेको थियो । राति सुरक्षित ठाउँमा गएर बास बसेका तटीय क्षेत्रका बासिन्दाहरु नदीमा बाढीको सतह घटेपछि बिहानदेखि घर फर्कन थालेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय