September 12, 2018

स्पेन दूतावास अस्तव्यस्त, परराष्ट्रले लियो ‘एक्सन’

यूरोपेली मुलुक स्पेनमा नेपाली दूतावास स्थापना भएको सात महिना वितिसकेको छ, तर दूतावासको अवस्था भने लथालिङ छ । मुख्य कार्यालय (चान्सरी) भवन र राजदूत निवास एकै ठाउँमा हुँदा दूतावासको काम कार्वाही अस्तव्यस्त बनेको हो ।

परराष्ट्र मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले चान्सरी भवन र राजदूत निवासका लागि ९ हजार युरो पठाएको भएपनि कार्यालय राजदूत निवासमै खुम्चिएको छ । सो मुलुकका राजदूत भरत रायमाझीले निवासका लागि ५ हजार र चान्सरी भवनका लागि ४ हजार ५ सय यूरो माग गरेपनि कार्यालय भन्दा निवासको भाडा बढी नहुने अर्थ मन्त्रालयले अडान लिएको थियो ।

राजदूत निवासको भान्साको गन्ध (खार)ले कार्यालयको वातावरण प्रत्यक्ष प्रभावित बन्ने गरेको आगन्तुक कक्षमा पर्याप्त कुर्चि सेवा प्रवाहका पूर्वाधार नभएको गुनासो बढ्न थालेको परराष्ट्रले जनाएको छ ।

यससँगै म्याड्रिड दूतावासले कार्यालय प्रयोजनका लागि खरिद गरिएका सवारी बिमा नगरी चलाएको चर्चा चुलिन थालेपछि सवारी विगत एक महिनादेखि त्यसै थन्किएको म्याड्रिड निवासी शिवराज सिग्देलले बताउनुभयो । दूतावासले बिमा नगरी सिडि १०३००२ नम्बरको किया कम्पनीको गाडी खरिद गरेको छ । आजको नेपाल समाचारपत्रमा  यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय