
शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो ।
पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिनुभयो ।
दुई जनाले पाँच÷पाँच किलो सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुलाई गोरखा प्रहरीले सोमबार गोरखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
‘उनीहरु दुवैले सुन चिनियाँ नागरिकको हो भनेका छन्’, एसपी बस्नेतले भन्नुभयो– ‘उनीहरुले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको बताएका छन् ।’ केही दिनअघि खाद्यान्न लिन जाँदा चिनियाँ नागरिकसँग भेटघाट गरी उनीहरुले १० किलो सुन काठमाडौँ पु¥याउने जिम्माका साथ बोकेर काठमाडौँ हिँडेका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय