तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको छ । दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ ।
काठमाडौंमा बुधबार र बिहीबार चलेको बैठकले सन् २०१६ मा नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिएको हो । नेपालले प्रयोग अनुमति पाएको समुद्री बन्दरगाह मुख्यतः दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, लाओस, भियतनाम र कम्बोडिया नजिक छन् ।
नेपालले अहिलेसम्म भारत र चीनबाहेक तेस्रो मुलुकसँग व्यापारका लागि भारतको कोलकाता र विशाखापटनम बन्दरगाह प्रयोग गर्दै आएको छ । चिनियाँ बन्दरगाह प्रयोगले नेपाललाई चीननजिकको देशबाट सामान आयातनिर्यातमा सजिलो हुनेछ । नेपालसहित १५ वटा देशसँग चीनको सीमा जोडिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय