विषाक्त पुतलीको बिगबिगी, आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै

putali_U5KLhQNqu0

भदौ २२, रङ्गी चङ्गी पुतली हेर्दा जति आर्कषक हुन्छ, बुझ्दै जाँदा उत्तिकै विषालु भएको पनि पाइन्छ । ‘पुतली छुनुहुन्न, आँखामा झुस प¥यो भने आँखै बिग्रिन्छ’ भन्ने जनश्रुति सायद यसकै लागि बनेको होला ।

पुतलीका धेरै प्रजातिमध्ये ‘ग्याजालिना मोथ’ ले आँखा संक्रमण गराउने संभावना उच्च रहन्छ । यही पुतलीका कारण नेपालमा आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै गएको छ ।

ग्याजालिनाको रौं आँखाका लागि जटिल समस्या बनेको र सो प्रजाती नेपालका लागि ठूलै चुनौती बन्न थालेको विज्ञहरु बताउँछन् । ग्याजालिनाको पुच्छरको टुप्पोमा रहने पहेँलो रङ मिश्रित रौं नै आँखाका लागि विषाक्त भएको पुतलीविज्ञ डा.भैया खनाल बताउनुहुन्छ । आँखा संक्रमण गराउने ग्याजलिना मोथ नै भएको पुष्टी उहाँले ८ वर्षअघि नैं गर्नुभएको थियो ।

‘पोथी पुतलीले मात्रै फूल पार्ने र उक्त फूल रौमैं अड्किने बताउँदै उहाँ नेपाल समाचारपत्रसँग भन्नुहुन्छ–‘त्यस्तो रौं आँखामा परेमा जटिल संक्रमण गराउँछ, शरिरका अन्य भागमा समेत संक्रमण हुनसक्छ ।’

डा.खनालका अनुसार फूललाई शत्रुबाट बचाउन सो पुतलीले शरिरबाट केमिकल समेत फाल्छ । उक्त केमिकलले गर्दा शत्रुले फूललाई हमला गर्न सक्दैन ।

वर्षाद्मा यस्तो विषालु पुतलीका कारण आँखा संक्रमितको संख्या बढ्दो क्रममा रहेको बताइएको छ । काठमाडौंका टिचिङ अस्पताल, आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान गौशालामा यस्ता विरामीको संख्या वर्षेनी बढ्ने तिलगंगा आँखा अस्पतालकी सह–प्राध्यापक डा.अनु मानन्धर बताउनुहुन्छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय