नेकपा नेता विदेशमै व्यस्त, विदेश जाने तयारीमा को-को ?

nekapa_A0YHcXqOT7

भदौ १७, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन् ।

पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) को एकीकरण प्रक्रिया प्रभावित भएको छ ।

९ सदस्यीय सचिवालयमा अहिले दुईजना विदेशमा भने दुई नेता विदेश जाने तयारीमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् ।

भारत सरकारको निमन्त्रणमा अध्यक्ष पुष्पकमल दाहाल २२ भदौमा भारतको ५ दिने भ्रमणमा जाँदैछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपाको एउटा टोली चीन जाँदैछ । श्रेष्ठ नेतृत्व टोलीको भ्रमणलाई सचिवालय बैठकले अनुमोदन पनि गरिसकेको छ । श्रेष्ठ चीनमै रहेका बेला अध्यक्ष दाहाल असोज १ मा चीन भ्रमणमा जाने कार्यक्रम छ ।

शीर्ष नेताहरू विदेशमा रहेपछि १९ र २० भदौका लागि बोलाइएको स्थायी समिति बैठक प्रभावित हुने देखिन्छ । वरिष्ठ नेता नेपाल भदौ २० र पोखरेल लेवनान–पोल्यान्ड हँुदै भदौ २३ मा स्वदेश फर्कनेछन् ।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ । 

विदेशमा रहेका नेता

माधवकुमार नेपाल –अमेरिका

ईश्वर पोखरले–लेबनान् –पोल्यान्ड

 

विदेश जाने तयारीमा रहेका

पुष्पकमल दाहाल –भारत–चीन

नारायणकाजी श्रेष्ठ – चीन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय