September 1, 2018

‘क्रान्तिकारी सन्त’ तरुण सागरको निधन

काठमाडौँ, भदौ १६ ।भारतका जैन मुनि तरुण सागरको निधन भएको छ । लामो समयदेखि जण्डिस रोगबाट पीडित उनको निधन भारतीय समयानुसार शनिबार बिहान सवा तीन बजे भएको हो ।

दिल्लीको शाहदरास्थित कृष्णानगरमा उनको निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

‘क्रान्तिकारी सन्त’ भनेर चिनीने उनले लामो समयदेखि औषधिको असर देखिन छाडेपछि थप उपचार गर्न इन्कार गरेका थिए । त्यसपछि उनको इच्छाअनुसार नै कृष्णानगरमा लगिएको थियो ।

गृहस्थ जीवन त्यागेर छत्तिसगढमा दीक्षा लिन गएका जैन मुनि तरुण सागर मध्य प्रदेशका हुन् । उनको जन्म २६ जून १९६७ मा दमोहमा भएको थियो । उनले ८ मार्च १९८१ मा गृहस्थ जीवन त्याग गरेका हुन् ।

उनले दिने कडा प्रवचनका कारण उनलाई ‘क्रान्तिकारी सन्त’ भनिन्थ्यो । ‘कडवे प्रवचन’ नामक उनको पुस्तक निकै प्रचलित छ । समाजका

विभिन्नवर्गलाई एकजुट गराउन भूमिका खेलेका उनले जनसंख्या नियन्त्रण गर्न पनि सुझाव दिने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि