बिमस्टेक शिखर सम्मेलनः घोषणापत्रको अन्तिम टुंगो लगाउन परराष्ट्र मन्त्रीस्तरीय बैठक चल्दै

 

बिहीबार र शुक्रबार काठमाडौँमा हुने बिमस्टेक सम्मेलनमा गरिने एजेण्डा र समहमतिको विषयको अन्तिम टुंगो लगाउन परराष्ट्रमन्त्रीस्तरीय बैठक बसेको हो । काठमाडौँको सोल्टी होटलमा जारी रहेको बैठकमा सबै सदस्य देशका परराष्ट्रमन्त्रीको सहभागिता रहेको छ।

यो बैठकले मंगलबार भएको परराष्ट्र सचिवस्तरीय बैठकले तय गरेका विषयलाई थप छलफल गरी टुंगो लगाउने छ ।

परराष्ट्र मन्त्रालय मन्त्रालयका अनुसार बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, भोलि बिहीबार सुरु हुने शिखर सम्मेलन तयारी, मंगलबार सम्पन्न बिमस्टेकका वरिष्ठ पदाधिकारीको १९ औं बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुने छन्।

सचिवस्तरीय बैठकमा ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सम्बन्धी निर्णय भएको छ ।

बैठकले भन्सारसम्बन्धी सहायता, सम्पर्क र सम्बन्ध विस्तार, प्रविधि, प्रतिआतंकवाद अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्य र सचिवलायको सुदृढीकरण र त्यसको बजेट अनुमोदन गरेको छ ।

मन्त्रीस्तरीय बैठकमा यी सबै विषयमा थप छलफल हुँदैछ । यस्तै मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिव तथा बंगलादेशका कूटनीतिज्ञ शाहीदुल इस्लामले सम्मेलनसँग सम्बन्धित प्रतिवेदन पेश गर्नेछन् ।

यस्तै बैठकले सम्मेलनको तयारीमा भएका काममाथिको छलफल तथा सचिवस्तरीय बैठकले तयार गरेको मस्यौदा र काठमाडौँ घोषणापत्रलाई सम्मेलनमा पेश गर्ने निर्णय गर्नेछ ।

बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भी. के. सिंहले गर्ने छन्।

यसैगरी म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिएका छन् ।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चन्द्रतर्फ आर्टेमिस–२ उडान

क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय