प्रधानमन्त्रीलाई समेत थाहा छैन मन्त्रालयको संख्या

 

भदौ १३, 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्। आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति समेत जनाए । साथै उनले सरकारले गरेका राम्रा काम र सरकार सक्षम रहेको पनि बताए । त्यती मात्र नभई उनले सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने पनि बताए । बोल्ने क्रममा उनले स्थानीय प्रदेश र संघमा कर्मचारी व्यवस्थापन र मन्त्रालय र मन्त्रीहरुको विभाजनको समेत जानकारी दिए ।

जानकारी दिने क्रममा उनले हाल २१ वटा मात्रै मन्त्रालय रहेको बताएका छन् । तर, वास्तवीक मन्त्रालयको संख्या भने २२ वटा रहेको छ, जसमा स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालयमा ३ राज्यमन्त्री गरी प्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरु रहेका छन् ।

हालसालै कृषि तथा भूमी व्यवस्था मन्त्रालय फुटाएर भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय गरी दुई वटा मन्त्रालय बनाइएको छ ।

भुमी सुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललाई दिइएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाडी खनाललाई दिइएको छ ।

नेपालको संविधान अुनसार जम्मा २५ वटा मन्त्रालय गठन गर्न मिल्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय