मोदी आउँदा दुई सम्झौता

भदौ १२, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार बर्षमा चौथो पटक नेपाल आउँदै छन् । १७ बर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोड्दै मोदीले २०७१ साउन १८ गते नेपालको पहिलो भ्रमण गरेका थिए । आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार छापिएको छ । पछिल्लो पटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदै छन् । बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ ।

दुईपक्षीय वार्तामा रक्सौल-काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यी दुवै एजेञ्डामा प्रधानमन्त्री केपी ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि ‘एमओयू’मा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो । यस्तै पशुपतिमा भारतीय सहयोगमा निर्मित धर्मशालाको मोदीले उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय