नाराहिटी दरवारभित्र सिमा बिवाद !

darbar_aAJf3np2Qr

भदौ ११, नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ ।
७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई सिमाना तोकिदिन आग्रह गरेको छ ।

नारायणहिटी संग्रहालय संचालन व्यवस्थापन र दिगो विकासका लागि तयार गरिएको अवधारणापत्रमा मुख्य विषय सिमाना नै भएको उल्लेख गरिएको छ । संग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल मात्रै ओगटेको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा नारायणहिटी परिसरमा रहेको राहदानी विभागलाई संग्रहालयको मातहतमा ल्याएर सो भवनमा ७७ जिल्ला कै संस्कृति झल्कने गरी संग्रहालय निर्माण गर्न सुझाव दिएको छ । ८० कोठा रहेको सो भवनको कोठा तत्कालिन राजा ज्ञानेन्द्रको विभिन्न कार्यालय रहेका थिए ।, आजकोनेपाल समाचारपत्रमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय