विवादले कांग्रेस बैठक स्थगित

शुक्रबार बिहान ११ बजेलाई बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ । अघिल्लो दिन भएको विधान मस्यौदा समिति गठनमा नेता पौडेलले असमझदारी जनाएपछि बैठक स्थगित भएको हो । स्थगित बैठक शनिबार ११ बजे बस्ने गरी बोलाइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक, आर्थिक, सांगठनिक प्रस्ताव तयार गर्ने, अनुशासन समिति, केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा पहिले नै तयारी गरेर जाने गरी शनिबारका लागि केन्द्रीय समिति बैठक सारिएको जानकारी दिए ।

महासमिति बैठक भदौमै गर्ने भन्दै सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठकपछि ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरेका थिए । तर, पौडेल पक्षले सुरुमा ९ सदस्यीय समिति गठन गर्ने भनेर पछि ११ सदस्यीय बनाइएको थियो । तर, समितिमा जिल्ला सभापतिलाई नसमेटिएको भन्दै असन्तुष्टि जनाएकाले बैठक रोकिएको हो । आजकोे नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय