काठमाडौँ, साउन २२ ।नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले नेपाली कामदारले कोरियामै परिवारसँग भेटघाट गर्न थालेको बताएका छन् ।
सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँगको भेटमा राजदूत योङसिकले नेपाली कामदारको आत्महत्या कम गर्न परिवारसँग भेट गर्ने व्यवस्था सुरु भैसकेको र केहीले भेटेर आइसकेको जानकारी गराए ।
उनले नेपाली कामदारलाई सेवा क्षेत्रमा समेत लैजान आफूले पहल गर्ने बताएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।
मन्त्रीविष्टले नेपाली युवाहरुको लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेको र कामदारहरुको संख्या थप गर्न आग्रह गरेका थिए ।
कोरियामा जाने कामदारलाई त्यहाँको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरुबिच समन्वय गरेर जाने प्रतिवद्धता पनि मन्त्री विष्टले गरेका छन् ।
संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा समेत व्यक्त गरे ।
नेपालमा रहने कोरियन नागरिकहरुलाई नेपाल बस्दा कुनै पनि असुविधा नहुने पनि मन्त्री विष्टले बताए ।
प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र बैंकिङ माध्यमबाट विप्रेषण भित्र्याउने विषयमा पनि छलफल भएको सहसचिव दाहालले जानकारी दिए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित