फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई भाइ गोविन्द र दशरथलाई पुरिसकेको थियो । अर्का भाइ सुरेन्द्र धारामा पानी भर्न गएकाले बचेछन् ।
उक्त दिन बिहान विद्यालयले दिएको होमवर्क गरिरहेका अन्य दुई बालक नवीन परियार र नरेन्द्र परियार पनि पुरिए ।
‘आफूले दु:ख पाए पनि भाइहरूलाई पढाएर ठूलो मान्छे बनाउने सपना दैवले चुँडेर लियो,’ भावविह्वल अवस्थामा रहेकी शर्मिलाले बिलौना गर्दै भनिन्, ‘मेरा लागि छोरासरह थिए भाइहरू, हे दैव यस्तो अन्याय किन गरिस् ?’
आइतबार बिहानको पहिरोले भेरी नगरपालिका ६, गंगटियाका लालबहादुर लुहारको परिवारमा पनि बज्रपात भयो । ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्न तीन महिनाअघि सदरमुकाम खलंगाको ठाँटीबजारस्थित तीर्थराज बोहराको घरमा डेरा सरेको थियो लालबहादुरको परिवार । उनकी छोरी ९ वर्षीया भगवती ३ कक्षा, ६ वर्षीया रञ्जना तथा चार वर्षीया मनिसा १ कक्षामा हनुमान प्राथमिक विद्यालय थाप्लेमा पढ्थे ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय