‘संसदमा म जस्तो नेता को छ ?’

 

साउन २०, 
 
 

आज प्रकाशित नेपाल(साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छन् । गौतमसँगको कुराकानी पनि छापिएको छ ।

पार्टीले देशभर जित्दा तपईंले हानुभो, चुनावको ६ महिनामै संसदमा आउने योजना बनेको हो ? 

म हारेको होइन । सूर्य वा हँसिया हतौडामा मतदाता झुक्किँदा ५ हजार मत बदर भए । त्यसैले प्राविधिक रुपमा कांग्रेसका सञ्जय गौतमले जिते ।

डोल्पाका सांसदलाई राजीनामा गर्न राजी गराउनुभो ? 

डोल्पा निश्चित भइसकेको छैन । मेरा लागि ठाउँ छाड्न दर्जन सांसद तयार छन् । 

तपाईं संसद नगई नहुने किन ? 

संसदलाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने मजस्तो नेता को छ ? म ०५६ र ०४६ मा संसद भइनँ । ती संसद असफल भए । म भएका बेला ०४८, ०५१, ०७० मा सफल भए । ०५४ मा स्थानीय चुनाव गराएँ । ०७० मा एमाले काग्रेस  र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलेँ । म नलागेको भए शान्ति प्रक्रिया के हुन्थ्यो ? एमाले गणतन्त्रमा जान्थ्यो कि जाँदैनथ्यो ? संविधान बनाउन माओवादी सहमतिमा आउँथ्यो कि आउँदैनथ्यो ? तपाईँ आफैँ मूल्यांकन गर्नुस् । 

तपाईं संसदमा आउने प्रधानमन्त्री बन्न हो ? 

म प्रधानमन्त्री र अध्यक्ष बन्न हुनुहुन्न भन्ने कहीँ छ ? मेरा सबै समकक्षी प्रधानमन्त्री भइसके । प्रचण्डले संसदमै मैले अझै एक जनालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न बाँकी छ भन्नुभो । केपी कमरेडले कैयौँ पटक अब वामदेवको पालो भन्नुभएको छ । तर, यो पाँच बर्ष सम्भावना छैन । एउटै प्रधानमन्त्रीले पूरै कार्यकाल चलाउने तय भइसकेको छ । 

नेकपाभित्र प्रचण्ड र बामदेवको गुट बनिसकेको हो ? 

अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन । माधवजी(माधव कुमार नेपाल) दुवैलाई खुसी बनएर खुसी हुनुहुन्छ । सबैलाई थाहा छ, म गुटबन्दी गर्दिनँ । प्रचण्डसँग पुरानो दोस्ती हो, पार्टी एकतापछि गाढा भयो । पूर्वएमालेसँग दोस्ती छँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले