August 5, 2018

रुसले हजारौँ उत्तर कोरियाली कामदार भित्र्याएकामा अमेरिकाको आक्रोश

 

 श्रावण २०

रुसले हजारौँ उत्तर कोरियाली कामदार भित्र्याएकामा अमेरिकाको आक्रोश

एजेन्सी । रुसले हजारौँका सङ्ख्यामा उत्तर कोरियाली कामदारहरु भित्र्याइरहेको खुलासा भएको छ । यसरी रुसले संयुक्त राष्ट्र संघको नियम उल्लंघन गर्दै कामदारहरुलाई नयाँ काम दिइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । १० हजार भन्दा बढी उत्तर कोरियालीहरुले सेप्टेम्बरदेखि नै काम सुरु गर्ने निवेदन तयार भइसकेको रुसको आन्तरिक मन्त्रालयले बताएको हो ।

उत्तर कोरियाको आणविक हतियार कार्यक्रममा बाधा पुर्याउन आर्थिक दबाब दिने उद्देश्यले संयुक्त राष्ट्र संघले सबै देशबाट उत्तर कोरियाली कामदारहरुलाई फिर्ता पठाउन आदेश दिएको थियो । तर श्रम मन्त्रालयबाट प्राप्त जर्नलमा भने  यस वर्ष मात्र कम्तीमा पनि ७०० कामदारहरुले श्रम स्वीकृति पाइसकेको फेला परेको छ । 

उता रुसको विदेश मन्त्रालयले अहिले यसबारे कुनै प्रतिक्रिया नदिने बताएको छ । यस विषयमा आक्रामक प्रतिक्रिया दिँदै अमेरिकी प्रशासनका प्रवक्ताले भनेका छन्, ‘रुसले अमेरिकासँगको कूटनीतिक सम्बन्ध जारी राख्न हामीसँग सहकार्य गर्नै पर्ने हुन्छ र यो पहिले नै स्पष्ट पारिएको थियो । तर यसरी हामी विरुद्ध काम गरेर रुसले विश्वका लागि थप खतरा निम्त्यिाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि