सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य पाहुनाका लागि आवश्यक पर्ने सवारी जुटाउन सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ गाडी किन्ने भन्दा पनि विभिन्न मन्त्रालय र निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन गृह मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।
विगतमा राजपरिवारले प्रयोग गरेका गाडी, ४ वर्षअघि काठमाडौंमा आयोजना भएको १८ औं सार्क सम्मेलनमा प्रयोग भएका र अन्य निकायका सुविधा सम्पन्न सवारी जुटाउन समितिले कसरत गरेको हो । १८ औं सार्क सम्मेलनताका कतारले नेपाललाई ९ वटा मर्सिडिज गाडी सहयोग स्वरुप उपलब्ध गराएको थियो । गृह मातहतको समितिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी मातहतका गाडीबारे चासो राख्दै पत्राचार गरेको बताइएको छ ।
नेपाल प्रहरीले ४, सशस्त्रले २ र गाडीको संख्या नखुलाएको सेनाले आवश्यकताअनुसार उपलब्ध गराउन सकिने भन्दै जनाउँदै जवाफ दिएका छन्
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय