अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती आक्रमण , २० जनाको मृत्यु

अफगानिस्तानको एक शिया मस्जिदमा आत्मघाती आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानको पक्तिया प्रान्तको गार्देज सहरमा रहेको मस्जिदमा शुक्रवार भएको आत्मघाती आक्रमणमा परि ६० जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् । 

स्थानीय प्रहरीले शुक्रवार दिउँसो नमाज सकिएपछि मस्जिदमा आक्रमण भएको जनाएको छ । पक्तिया प्रान्तका प्रहरी प्रमुख जनरल रज मोहम्मद मण्डोजाईले  समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा कयौं आत्मघाती आक्रमणकारी मस्जिद भित्र प्रवेश गरेर आक्रमण गरेको बताएका छन् ।

उनका अनुसार आत्मघाती आक्रमण गर्ने सबै आक्रमणकारी पनि मारिएका छन् । शिया मस्जिदमा आक्रमण गर्ने संगठनका बारेमा केही खुल्न नसकेको बीबीसीले जनाएको छ । यसअघि चरमपन्थी संगठन इस्लामिक स्टेट उक्त क्षेत्रमा शिया अल्पसंख्यकहरुलाई आत्मघाती आक्रमणको निशाना बनाउँदै आएको थियो । बीबीसी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित