काठमाडौं – सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तरकारी, घिउ, तेल, पानी, मासुलगायत खाद्यवस्तु, तिनमा प्रयोग हुने रंगको नमुना संकलन गरेर तत्काल ल्याब परीक्षण गरिनेछ । यसरी संकलन गरिएको नमुनामा भएको विषदी, रसायन घुम्ती ल्याबमा परीक्षण हुनेछ ।
ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितको उपकरण जडित तीनवटा भ्यान विभागले ल्याएको छ । दैनिक रूपमा खाद्यवस्तु ठाउँको ठाउँ परीक्षण गर्न लागेको विभागका महानिर्देश सञ्जीवकुमार कर्णले बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय