सर्वोच्च अदालतकको प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी अस्वीकृत !

सर्वोच्च अदालतकको प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी अस्वीकृत भएका छन् । प्रतिनिधिसभा अन्तरगतको संसदीय सुनुवाई विशेष समितिमा शुक्रबार भएको मतदानबाट जोशी अस्वीकृत भएका हुन् । 

43851959317366222sarbochha..

समितिमा सर्वसम्मत निर्णय हुन नसकेपछि मतदानबाट जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने विषयमा मतदान भएको थियो । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा जोशीको विपक्षमा १० मत खसेको समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।  

१५ सदस्यीय संसदीय सुनुवाई समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का र संघीय समाजवादीका १/१ सदस्य छन् । स्वीकृतीका पक्षमान शून्य मत खसेको कर्णले बताए । 

ने क पा का नेता योगेश भट्टराईले जोशीले समिति सदस्यहरुले न्याय क्षेत्रको नेतृत्व गर्ने ठोष कार्ययोजना बारे सोधेको प्रश्नमा स्पष्ट कार्ययोजना प्रस्तुत गर्न नसकेको, आम नागरिकबाट आएका गुनासा र समिति सदस्यहरुले राखेको जिज्ञासाको सन्तोषनक जवाफ दिन नसकेको, शैक्षिक प्रमाणपत्र शंकास्पद हुनुका साथै जन्ममिति समेत फरकफरक हुनु र त्यसबारे यथेस्ट प्रमाण जोशीले पेश गर्न नसक्नु तथा उनको आचारण र कार्यक्षमताबारे सर्वोच्चका न्यायनधीशरुले नै सार्वजनिक रुपमा टिकाटिप्पणी गरेकाले उनलाई न्याययलयको नेतृत्व दिन नससकने ठहरमा समिति पुगेको बैठक पछि सञ्चारकर्मीहरुलाई जनानकारी दिए । 

समिति सदस्यहरु दुई ध्रुवमा विभाजित थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसदहरु जोशीको विपक्षमा उभिएका थिए भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा थिए ।  

जेष्ठ सदस्यको हैसियतमा सुनुवाई समितिको बैठकको अध्यक्षता लक्ष्मणलाल कर्णले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक