प्रधान न्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सुरू भएको छ ।

त्यसअघि दुवै पक्ष आन्तरिक छलफलमा व्यस्त थिए । यसअघि बसेका बैठकले निर्णय गर्न नसकेपछि बैठक आजका लागि बोलाइएको हो । आजको बैठकबाटै उनको नाम अस्वीकृत गर्ने तयारीमा नेकपा रहेको छ । जसलाई फोरम नेपालका एक सांसदले समर्थन गरेमा सहजै जोशीको नाम अस्वीकृत हुन सक्छ । सत्तापक्षले जोशीलाई अस्वीकृत गर्ने थप प्रमाणहरु जुटाएको एक सांसदले जानकारी दिए ।
उनको शैक्षिक प्रमाणपत्र सबैभन्दा बढि विवादमा परेको छ । त्यसबाहेक उनलाई न्यायाधीशमा सिफारिस गर्दा नै आएका तथ्य लगायतका प्रमाण पनि नेकपाका सांसदले जुटाएका छन् । फोरम नेपालका राजेन्द्र श्रेष्ठले नेकपाको प्रस्तावमा समर्थन जनाए उनी स्वतः अस्वीकृत हुनेछन् । नेकपाले सकेसम्म सहमति कायम गर्ने प्रयास गरेको छ । त्यसैले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग पनि यसअघि कुराकानी भएको थियो ।
तर कांग्रेसले अस्वीकृत गर्न नहुने र प्रमाणपत्र छानबिनका लागि विशेष समिति बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ । जबरजस्ती गरिए बहिस्कार गर्ने चेतावनी कांग्रेसले दिएको छ । यसअघिको बैठकमा पनि समितिले जोशीको नाम अनुमोदन गर्न सकेन ।
सोमबार बसेको समितिको बैठकमा कांग्रेस नेताहरुले छलफलका लागि समय माग गरेपछि बैठक दुईदिन पर सारिएको समितिका सदस्य तथा नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिए ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा