यूएईमा आममाफी शुरु, बस्न चाहनेलाई काम खोज्न ६ महिनाको भिसा दिइने

युएई सरकारले घोषणा गरेको तीन महिने आममाफी बुधबारदेखि सुरु भएको छ । यो अवधिमा युएई सरकारले तोकेका केन्द्रमा गएर अभिलेखविहिन रहेका आप्रवासी कामदारले दर्ता भएर पुनः वैध हुन अथवा स्वदेश फर्किन पाउने छन् ।

पहिलो दिन नै त्यहाँका केन्द्रहरुमा आप्रवासीहरु दर्ता हुने क्रम सुरु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यसरी अवैधानिक रुपमा बसिरहेका आप्रवासीलाई वैधानिक हुन वा स्वदेश फर्किन युएईका ९ ठाउँमा केन्द्रहरु तोकिएका छन् । ती केन्द्रमा गएर भिषाको म्याद सकिएकाहरु पुनः वैध हुन अथवा जरिवानाबिनै स्वदेश फर्किने कागजात तयार गर्न पाउने छन् । यो प्रक्रियामा सहभागी भएर फर्किनेहरु फेरि युएई जान सक्नेछन् । स्वदेश फर्किन चाहनेहरुले आवेदन दिएको भोलीपल्टै कागजात प्राप्त गर्ने जनाइएको छ ।

स्वदेश फर्किन चाहनेले २ सय २१ दिराम शुल्क बुझाउनु पर्छ भने, म्याद सहितको पासपोर्ट र स्वदेश फर्किने टिकट हुनु पनि हुनुपर्छ । यस्तै हाल भागेर काम गरिरहेकाहरुले ५ सय २१ दिराम तिरेर भगौडाको सूचीबाट नाम हटाउन सक्ने छन् ।

अहिले भिसा सकिएका कामदारले व्यक्तिगत स्पोन्सरसीप ६ महिनाको लागि लिन सक्नेछन् । यो अवधिमा कागजात तयार गरेर उनीहरुले अर्को ठाउँमा रोजगारी खोज्न सक्ने छन् ।

आममाफीको समय सकिएपछि भने अवैधानिक कामदारमाथी धरपकड सुरु हुनेछ । यसरी पक्राउ पर्नेहरुले जरीवाना तिर्नुपर्ने र उनीहरुलाई पुनः युएई जान समेत रोक लगाइने युएई सरकारले चेतावनी दिएको छ ।

प्रक्रियामा सहभागी हुने आप्रवासीले अवुधाविको साहमास्थित अध्यागमन कार्यालयमा, अल ऐनको अध्यागमन कार्यालय, अल घर्वियाको अध्यागन कार्यालय, दुवईको अल अवीर र ईमिरेट्सहरुका मुख्य अध्यागन कार्यालयहरुमा आवेदन दिन सक्नेछन् । यी कार्यालय बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहनेछन् ।

यस्तै युएई सरकारले त्यहि बसेर रोजगारी खोज्न चाहनेहरुका लागि ६ महिने भिसा दिने घोषणा गरेको छ । यसअघिका आममाफीमा भने युएईले यस्तो व्यवस्था गरेको थिएन । आममाफीको समयमा ६ महिनासम्मको भिसा दिने व्यवस्था गरेको यो नै पहिलो पटक हो ।

यसरी भिसा पाउनका लागि वैधानिक रुपमा युएई गएको हुनु पर्ने छ । अवैधानिक रुपमा पुगेकाहरु विना जरिवाना स्वदेश फर्किन पाए पनि उनीहरुलाई दुई वर्ष प्रतिवन्द लाग्ने छ ।

यसअघि अवैधानिक रुपमा कुनै कम्पनीमा काम गरिरहेकाहरुले भने त्यहि कम्पनीमा वैध भएर काम गर्ने मौका पाउने छन् ।

६ महिनाको भिसा पाउने आप्रवासीले सरकारी क्षेत्रमा समेत रोजगारी खोज्न सक्नेछन् । तर यो अवधिमा रोजगारी नपाउने आप्रवासी भने आफ्नै देश फर्किनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित