July 31, 2018

चीनलाई हङकङको विषयमा बाहिरी हस्तक्षेप अस्वीकार्य

 

 श्रावण १५

चीनलाई हङकङको विषयमा बाहिरी हस्तक्षेप अस्वीकार्य 

एजेन्सी । दोस्रो विदेश भ्रमणमा रहेका बेलायतका विदेश मन्त्री जेरेमी हन्टले सोमबार चिनियाँ प्रमुख वाङ यीसँग औपचारिक भेटवार्ता गरेका छन् । पूर्वमन्त्री बोरिस जोन्सनको राजिनामासँगै हन्ट नयाँ विदेश सचिवका रुपमा नियुक्त भएका हुन् । चिनियाँ विदेश मन्त्री वाङ यीसँग यो उनको पहिलो भेट रहेको थियो । 

यसै क्रममा दुवै पक्षबीच खुला व्यापार नीति, उत्तर कोरिया र जलवायु जस्तो विश्वव्यापी समस्यामा चीन र बेलायतले कसरी एकसाथ काम गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । भ्रमणमा जानुपूर्व नै हन्टले बेलायत युरोपेली युनियनबाट बाहिरिएपछि चीनसँगको व्यापारिक सम्बन्ध थप प्रगाढ बनाइने बयान दिएका थिए । यसअघि प्रधानमन्त्री टेरेजा फेब्रुअरीमा चीन भ्रमणमा आउँदा पनि उनले १ करोड २० लाख बराबरको व्यापारिक सम्झौता सुनिश्चित गरेर गएकी थिइन् । 

त्यसैगरी बैठकको समयमा मन्त्री वाङले चीनको एकल राष्ट्र नीतिबारे पुनः याद दिलाउँदै  हङकङ चीनको आन्तरिक मामिला भएकाले त्यसमा बाहिरी हस्तक्षेप स्वीकार्य नहुने पनि स्पष्ट पारेका हुन् । ताइवान, हङकङ र मकाउलाई चीनले संवेदनशील विषयका रुपमा लिँदै आएको छ । यसकारण पनि लामो समयसम्म सहकारिता कायम राख्न बेलायतले यी विषयमा कुनै चासो नदेखाएको राम्रो हुने बताइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि