July 28, 2018

जनताले अस्वीकृत गरेकालाई चुरीफुरी सुहाउन्न : अोली

काठमाडौ, १२ साउन । प्रधानमन्त्री केपी ओलीले जनताबाट अस्वीकृत भएकाहरूको चुरीफुरी उपयुक्त नहुने भन्दै सरकारका कामकारबाहीको डटेर बचाउ गर्न नेकपाका सांसदलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार नेकपा संसदीय दल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकदुई जना सांसद उभिँदैमा संसद् अवरोधको अवस्था आउन नदिनेतर्फ सचेत रहन सांसदलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले संसद्मा सांसदलाई सरकारका कामकारबाहीबारे डटेर कुरा राख्न निर्देशनसमेत दिए । ‘सदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरूले अगुवाइ गर्ने र नयाँ साथीले त्यसलाई पछ्याउने गर्नुप¥यो’, उनले भने, ‘शीर्ष नेताले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । यसले संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’

असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी दर्जनौ कानुन बनाइसक्नुपर्ने भएकाले संसद् अवरोधको अवस्था आउन नहुने प्रधानमन्त्री ओलीले बताए । ‘सबै काम समयमै सक्न हाम्रा सांसदले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिनुपर्छ’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन ग¥यो भन्नुको कुनै तुक नभएको समेत दाबी गरे । ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउने अधिकार दिएको छ’, उनले भने, ‘त्यसकारण आवश्यकताअनुसार मन्त्रालय विभाजन गरिएको हो ।’

वर्तमान सरकार बनेपछि बेथिति एवं भ्रष्टाचार घट्दै गएको उनको दाबी छ । ‘कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु’, उनले भने । बैठकमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीको अनशन तोडाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका थिए । बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकारविरुद्ध भइरहेका षड्यन्त्रलाई चिर्ने काम गर्न सांसदलाई निर्देशन दिएका थिए । अन्नपुर्ण पोष्ट दैनिकमा खबर  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय