अमेरिकाको क्यालिफोर्निया राज्य सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलोका कारण राज्य सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको हो । डढेलो निकै दू्रत गतिमा फैलिएकाले आपतकालको घोषणा गर्न परेको सरकारले जानकारी दिएको छ ।
जंगलको आगो बस्तीमा पनि प्रवेश गरेको र यसले कैयौँ घर र संरचना ध्वस्त भएका छन् । तर मानविय क्षतीको बारेमा केहि बताइएको छैन । गभर्नर ब्राउनले आपतकालीन अवस्थाको घोषणा गर्दै त्यहाँका स्थानीय बासिन्दालाई बाहिर सार्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलोको गति दू्रत रहेकोले उक्त राज्यका गभर्नर जेरी ब्राउनले सो घोषणा गरेका छन् । क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीको बारेमा पनि सम्बन्धीत निकायले चासो व्यक्त गरेको छ ।
आगो लस एन्जेलसबाट ९० माइल पूर्वसम्म आइपुगेको छ। यस आगलागी करिब चार हजार ७०० एकडमा फैलिएको छ। त्यहाँबाट २,००० घरका करिब तीन हजार स्थानीय बासिन्दालाई आ–आफ्नो घर छोड्न आग्रह गरिएको छ ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण